नियम २३
सेवा प्रदायकको काम र कर्तव्य
: सेवा प्रदायकको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :-

(क) बीमितलाई शिष्टतापूर्वक व्यवहार गर्ने, (ख) बीमितलाई सम्झौता बमोजिमको सुविधाको प्याकेज गुणस्तरीय रुपमा प्रदान गर्ने र उक्त प्याकेज निरन्तर उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने,

(ग) दर्ता तथा सोधपुछका लागि उचित प्रबन्ध मिलाउने,

(घ) बोर्डले तोकेको निश्चित प्रक्रिया र ढाँचामा अभिलेख राखी बोर्ड समक्ष प्रतिवेदन पेश गर्ने,

(ङ) स्वास्थ्य संस्थाको आफ्नै परिसरमा औषधी वितरण कक्षको व्यवस्थापन गर्ने र औषधी उपलब्ध गराउने,

(च) सेवाग्राहीको गुनासो सुनुवाई र सो को व्यवस्थापन गर्ने, गराउने ।